गण्डकी प्रदेशमा एकै दिन ३० कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा एकै दिन ३० कोरोना संक्रमितको मृत्यु भएको हो ।
गण्डकी प्रदेशमा एकै दिन यति धेरैको संक्रमितको मृत्यु भएको यो पहिलो पटक हो। शुक्रबार कास्कीका १२ जना, तनहुँका छ जना, गोरखाका तीन जना, नवलपुरका एक जना, स्याङ्गजाका तीन जना, पर्वतका दुई जना, बागलुङका एक जना र मुस्ताङका दुई जना संक्रमितको मृत्यु भएको छ।
यस संगै गण्डकी प्रदेशमा मात्र कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या६२४ पुगेको छ ।
त्यस्तै शुक्रबार गण्डकी प्रदेशमा कुल ८०८ जनामा कोरोना पुष्टि बहेको छ । निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ४९० जनामा गरिएको नमुना परीक्षणमा ८०८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
गण्डकी प्रदेशमा कोरोनाको संक्रमण सबै ११ जिल्ला मा देखिएको छ । आज कास्कीका २०९ जना, तनहुँका ५४ जना, गोरखाका ७७ जना, लमजुङका चार जना, नवलपुरका १३४ जना र स्याङ्गजाका ५१ जना, पर्वतका १३३ जना, बाग्लुङका १३२ जना, म्याग्दीका १२ जना, मुस्ताङका एक जना र मनाङ जिल्लाका एक जनामा संक्रमण देखिएको हो ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४० हजार ४९५ पुगेको छ । जसमा ११ हजार २७५ सक्रिय संक्रमित छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट ७७० जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २८ हजार ५९६ पुगेको छ।
एक घण्टा अक्सिजन आपूर्ति बन्द हुँदा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सात बिरामीको निधन
[caption id="attachment_11675" align="alignnone" width="767"] फाइल फोटो[/caption] पोखरास्थित गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन आपूर्र्ति बन्द हुँदा एक सुत्केरीसहित सात कोरोना सङ्क्रमितको निधन भएको छ ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको सो अस्पतालमा बिहीबार राति ९ः०० देखि १०ः०० बजेको अवधिमा अक्सिजन आपूर्ति पूर्णरुपमा बन्द हुँदा उच्च गति (हाइफ्लो) अक्सिजनको सहायता र भेन्टिलेटरमा उपचार गराइरहेका बिरामीले ज्यान गुमाएका हुन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय