हिमाल दैनिक
पोखरामा निर्माणाधीन देशकै सबैभन्दा ठूलो फुटबल रङ्गशाला आगामी बर्षभित्र निर्माण सम्पन्न गरिने भएको छ । आगामी वर्ष २०७८÷०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रङ्गशाला आगामी वर्ष निर्माण सम्पन्न गरिने जानकारी दिए । अन्तरराष्ट्रिय मापदण्डको निर्माणाधीन रङ्गशालाको हालसम्म ८५ प्रतिशत काम सकिएको छ । रङ्गशालाका कतिपय पूर्वाधार बजेट अभावमा अघि बढ्न सकेको छैैन । हाल १६ हजार ५०० दर्शक क्षमताको प्यारापिट तयार भए पनि २० हजार पु¥याउने गरी अहिले काम भइरहेको छ । रङ्गशालामा भिआइपी प्यारापिटमा छानो छाउने काम शुरु भएको छ । यसैगरी अर्थमन्त्री पौडेलले गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता आगामी वर्ष आयोजना गरिने जानकारी दिए। गत वर्ष तय भएको राष्ट्रिय खेलकूद कोरोनाका कारण निर्धारित मितिमा आयोजना हुन सकेको थिएन ।

पशुपति क्षेत्रको गुरुयोजना विस्तार गर्न रु ३५ करोड

पशुपति क्षेत्र विकास संरक्षण गुरु योजना विस्तारका लागि आगामी आर्थिक वर्षमा रु ३५ करोड बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रस्तुत गरेको बजेट वक्तव्यमा आर्थिक वर्ष २०७८÷२०७९ मा पशुपति क्षेत्रका सम्पदा पुनःनिर्माणलाई तीव्रता दिइने उल्लेख छ ।

थप पढ्नुहोस्


दैलेखको पेट्रोलियम पदार्थ दुई वर्षभित्र उत्खनन गरिने

सरकारले आगामी दुई वर्षभित्रमा दैलेखमा रहेको पेट्रोलियम पदार्थको उत्खनन गरी भण्डारण गर्ने कार्यको थालनी गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणका पेट्रोलियम पदार्थ उत्खननका लागि आवश्यक बजेट विनियोजित समेत गरेको बताएका छन्।

थप पढ्नुहोस्


आँबुखैरेनीमा बालसुधारगृह निर्माण गरिने

सरकारले तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मा बालसुधारगृह निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्ष ०७८÷७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढकालटारमा बालसुधारगृह निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी गराए ।

थप पढ्नुहोस्


एक हजार ६२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

आगामी आर्थिक वर्ष भित्रमा सरकारी तथा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाबाट एक हजार ६२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । सरकारी लगानीमा निर्माणाधिन माथिल्लो तामाकोशी, रसुवागढी, राहुघाटलगायत आयोजना तथा निजी क्षेत्रले निर्माण गरिरहेका परियोजनाबाट उक्त परिमाणमा बिजुली जाडिनेछ ।

थप पढ्नुहोस्


दुई वर्षभित्र सबै स्थानीय तह क्षयरोगमुक्त

सरकारले आगामी दुई वर्षभित्र सबै स्थानीय तहलाई क्षयरोगमुक्त घोषणा गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजानिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा मलेरिया, क्षयरोग, एड्स तथा एचआइभी र कुष्टरोग नियन्त्रणका लागि एक खर्ब ४६ करोड विनियोजन गरिएको छ ।

थप पढ्नुहोस्


खेलकुदमा २ अर्ब ७४ करोड बजेट विनियोजन, झापामा मदन भण्डारी रंगशाला बन्ने

सरकारले आगामी आर्थिक बर्ष २०७८–७९ लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । शनिबार अध्यादेश मार्फत नयाँ आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले समूदाय स्तरबाटै खेलकुदलाई प्रोत्साहन गर्न, पूर्वाधार निर्माण र प्रतिभावान खेलाडीको पहिचान गर्न बजेट बिनियोजन गरिएको बताए ।

थप पढ्नुहोस्


चालिस माइक्रोनभन्दा पातला प्लाष्टिकमा प्रतिबन्ध

सरकारले वातावरण प्रदुषण नियन्त्रण गर्न आगामी आर्थिक वर्षदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकमा प्रतिबन्ध लगाएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सो घोषणा गरेका हुन् ।

थप पढ्नुहोस्


शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सिंहदरवारमा आयोजित कार्यक्रममा आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तुत गर्दै युवाहरुले शैक्षिक प्रमाणपत्र धितो राखेर अधिकतम ५ प्रतिशत ब्याजदरमा २५ लाखसम्म ऋण निकाल्न पाउने व्यवस्था गरेको बताएका छन् । ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने पौडेलले बताए ।

थप पढ्नुहोस्

 

स्वास्थ्य क्षेत्रमा एक खर्व २२ अर्ब ७७ करोड बजेट विनियोजन

सरकारले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सिंहदरवारमा आयोजित कार्यक्रममा आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तुत गर्दै गतवर्ष भन्दा यसवर्ष स्वास्थ्य क्षेत्रको बजेट वृद्धि गरिएको जानकारी दिए । उनले स्वास्थ्य क्षेत्रको एक खर्व २२ अर्ब ७७ करोड बजेट विनियोजन गरिएको बताए ।

थप पढ्नुहोस्


खोप खरीदका लागि पौने रु २७ अर्ब बजेट विनियोजित

सरकारले कोरोनाविरुद्धको खोपका लागि र २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा सबै नेपाली नागरिकलाई निःशुल्क खोप उपलब्ध गराइने जानकारी दिए ।

थप पढ्नुहोस


सबै नागरिकलाई कोभिड–१९ को निःशुल्क खोप

  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै नागरिकलाई कोभिड–१९ विरुद्ध चाँड निःशुल्क खोप उपलब्ध गराउने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले खोपका लागि रु २६ अर्ब ७५ करोड रकम विनियोजन गरिएको जानकारी दिए । जनताको जीवन रक्षा गर्नु सरकारको मुख्य लक्ष्य भएको अर्थमन्त्री पौडेलले बजेटको प्राथमिकतामा उल्लेख गरेका छन् । उनले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रको लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।

थप पढ्नुहोस्:

 

सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले वृद्धि

सरकारले वृद्धभत्तालगायत सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशले वृद्धि गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा वक्तव्यमा सामाजिक सुुक्षा भत्ता ३३ प्रतिशले वृद्धिको घोषणा गरेका हुन् । हाल ज्येष्ठ नागरिक भत्ता मासिक रु तीन हजार रहेको छ । वाम गठबन्धनले गत चुनावी घोषणापत्रमा मासिक रु पाँच हजारसम्म भत्ता दिने उद्घोष गरेको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update