सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ ।
शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत आगामी आर्थिक बर्षका लागि १६ खर्ब बढीको बजेट सार्वजनिक गरेका हुन्।
गत वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ थियो ।चालूतर्फ संघले खर्च गर्ने ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रहेको छ । त्यस्तै वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड र प्रदेश÷स्थानीयतहलाई वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ रहेको अर्थमन्त्री पौडेलले जानकारी दिए ।
सरकारले आगामी आवमा राजस्व संकलनको लक्ष्यमा समेत वृद्धि गरेको छ । बजेटको स्रोत राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड, वैदेशिक अनुदानबाट ९३ अर्ब ३७ करोड, आन्तरिक ऋणबाट २ खर्ब ५० अर्ब र वैदेशिक ऋण ३ खर्ब ९ अर्ब २९ करोड संकलन गर्ने लक्ष्य राखिएको अर्थमन्त्री पौडेलले जानकारी दिए ।
त्यस्तै सरकारले बिभिन्न बस्तुको कर र राजस्वको दायरालाई परिमार्जन गरेको छ । सरकारले अध्यादेशमार्फत आगामी आर्थिक बर्षको बजेट ल्याएको हो ।
प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय