लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार दृगनारायण पाण्डे विजयी भएका छन् । दाङमा सोमबार भएको प्रतिद्वन्द्वीलाई ५ सय २८ मतभारले पछि पार्दै पाण्डे विजयी भएका हुन् । पाण्डेले ४ हजार १ सय ४० मत प्राप्त गर्नुभयो भने एमालेका उम्मेद्वार चन्द्रबहादुर खड्काले ३ हजार ६ सय १२ मत प्राप्त गरे ।
पाण्डेलाई कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र उपेन्द्र यादव पक्षीय जनता समाजवादी पार्टी पार्टीको समर्थन थियो । बिजयी भएपछि पाण्डले आफुलाई सहयोग गर्ने सवैलाई धन्यवाद दिए । उनले अहिले राष्ट्रिय एकताको जीत भएको भन्दै संघीयता, राष्ट्रियता लगाएतको बिषयलाई प्राथमिकताका साथ उठाउने धारणा राखे ।
निर्वाचनमा प्रदेशसभाका ८३ सदस्यहरु नै मतदानमा सहभागी भएका थिए । स्थानीय तहका २ सय १४ मतदाता सहभागी भएका थिए ।
प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्