
यस बर्षको कोपा अमेरिका फुटबल ब्राजिलमा हुने भएको छ । दक्षिण अमेरिकी फुटबल महासंघले सोमबार ४७औं संस्करणको कोपा अमेरिका फुटबल ब्राजिलमा गर्ने तय गरेको हो ।
यसअघि महासंघले कोपा अमेरिका अर्जेन्टिना र कोलम्बियामा हुन लागेको थियो । तर पछिल्लो समय अर्जेन्टिनामा कोरोनाको संक्रमण बढ्दै गएको छ । दैनिक अर्जेन्टिनामा ३४ हजार भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ। त्यस्तै कोलम्बियामा सरकारविरोधी आन्दोलन चर्किएको छ जसका कारण महासंघले यस बर्षको कोपा अमेरिका अर्जेन्टिनामा नगर्ने निर्णय गरेको हो। कोपा अमेरिकामा दक्षिण अमेरिकाका १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । कोपामा अर्जेन्टिना, बोलिभिया, उरुग्वे, चिली, पाराग्वे, कोलम्बिया, ब्राजिल, भेनेजुएला, इक्वेइडर र पेरुले भाग लिनेछन्। ब्राजिल साविक विजेता समेत हो ।
सन् २०२० मा हुन लागेको कोपा कोरोनाका कारण स्थगित भएको थियो । कोपा यही जुन १३ देखि जुलाई १० सम्म हुने संचालन हुनेछ ।
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय