काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयले निषेधाज्ञाका मोडालिटी परिवर्तन गर्ने तयारी गरिएको छ । कोरोनाको संक्रमण घट्दै गएपछि निषेधाज्ञाका मोडालिटी परिवर्तन गर्न आज काठमाडौंका सिडिओ कालिप्रसाद पराजुली, भक्तपुरका सिडिओ प्रेम प्रसाद भट्टराई र ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौला बैठक बस्दै छन् ।
कोरोनाको संक्रमण बढ्दै गएपछि उपत्यकामा गत जेष्ठ १४ गते देखि निषेधाज्ञामा थप कडाइ गरिएको थियो । जेष्ठ १४ बाट उपत्यकामा किराना पसल, खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर्स पनि बन्द गरिएको थियो भने बिहान–बेलुकाको घुमघाम (मर्निङ र इभिनिङ वाक)मा समेत रोक लगाइएको थियो ।
आज बस्न लागेको प्रमुख जिल्ला अधिकारीहरुले उपत्यकामा निषेधाज्ञा केहि खुकुलो पर्ने बताइएको छ। आजको बैठकले किराना पसल र डिपार्टमेन्ट स्टोर खुल्ला गर्ने तयारी गरिएको छ । त्यस्तै सार्वजनिक निर्माण पनि खुल्ला गर्ने बताइएको छ । पछिलो समय उपत्यका थप गरिएको निषेधाज्ञाको समय सकिन दुई दिन बाँकी छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्