गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चा प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त भएका छन् ।
बिहीबार बसेको प्रदेशसभाको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले थापालाई दलबाट निष्कासन गरेको पत्र आएको जानकारी दिँदै उनको ठाउँमा प्रदेशसभा सदस्य पद रिक्त रहेको जानकारी गराए । यसअघि थापालाई दलबाट निष्कासन गरेको जानकारी राष्ट्रिय जनमोर्चाले बिहीबार नै प्रदेशसभा सचिवालयमा गराएको थियो ।
थापालाई जनमोर्चाले यसअघि नै साधारण सदस्य पनि नरहने गरी निलम्बन गरेको थियो । ६० सदस्यीय गण्डकी प्रदेशसभा थापा पदमुक्त भएपछि ५९ सदस्यीय भएको छ ।
यस्तै प्रदेशसभा बैठकमा बिहीवार पनि अर्थमन्त्री किरण गुरुङले जेठ १७ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताबारे छलफल भएको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय