लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले अहिलेको सरकारमाथि औला उठाउने कुनै ठाँउ नरहेको बताएका छन् ।
बिहीबार प्रदेश सरकारको विनियोजन विधेयकका सिद्धात र प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री चौधरीले अहिलेको सरकार पूर्ण बहुमतको रहेको र सरकारमाथि औंला उठाउने ठाँउ नरहेको बताएका हुन् ।
कानूनी हिसाबले वर्तमान सरकारको संख्या ४५ भएको र व्यावहारिक हिसाबले ४२ रहेको उनको भनाई छ । उनले मुख्यमन्त्रीले आवश्यकता अनुसार चाहेका बेला विश्वासको मत लिने कानूनी प्रावधान रहेको भन्दै उपयुक्त समयमा विश्वासको मत लिने काम पनि हुने धारणा राखे । त्यस्तै उनले प्रदेश सरकारले संसदबाटै बजेट पास गराउन चाहेको स्पष्ट पारे । मन्त्री यादवले कोरोनालाई मध्यनजर गर्दै उपयुक्त बजेट आउने जिकिर गरे । प्रदेश सरकारको सेवा प्रवाह बढाउने र प्रदेशले शुरू गरेको योजना समयमै पूरा गराउने उद्देश्यका साथ बजेट आउने उनले जानकारी दिए ।
बैठकमा भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय बहादुर यादवले जीवनाशक बिषादी नियमन सम्बन्धी बिधेयक पेश गरेका थिए । प्रदेशसभाको अर्को बैठक जेष्ठ २५ गते बोलाइएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय