हिमाल दैनिक
झापामा तेस्रो पटक निषेधाज्ञा थप भएको छ । बिहिबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यही जेठ मसान्तसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । गत वैशाख २२ गतेदेखि शुरु भएको निषेधाज्ञा एक महिना पुगेको छ । जिल्लामा संक्रमण नघटेपछि बैठकले तेस्रो पटक निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए । उनका अनुसार जिल्लाका राजनीतिक दल, जनप्रतिनिधिसमेत सहभागी बैठकले खाद्यान्न पसल हप्तामा दुई दिन बिहान ६ देखि ९ बजेसम्म खोल्न दिने निर्णयसमेत भएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update