हिमाल दैनिक
नेपालमा शुक्रबार थप ६ हजार ६ सय ५३ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १४ हजार १ सय ८२ पिसिआर परिक्षणका क्रममा ४ हजार ६ सय २४ र ६ हजार ६ सय ३१ एन्टीजेन परिक्षणका क्रममा दुई हजार २९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १०१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ७ हजार ७ सय ३१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ८ हजार ६ सय ६३ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा ४ लाख ७६ हजार १३० जना संक्रमित निको भएका छन् । हाल नेपालमा ९७ हजार ६९९ संक्रिय संक्रमित आइशालेशनमा र ७५५ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३१ लाख २१ हजार १२० वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update