प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ जना राज्यमन्त्री छन्। उनीहरूले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन् । यसैबीच नवनियुक्त उपप्रधान एवम् सहरी विकासमन्त्री राजेन्द्र महतोले शुक्रबार पदभार ग्रहण गरेका छन् । राष्ट्रपति निवास सितल निवासमा उपप्रधान तथा सहरी विकास मन्त्री पद तथा गोपनियताको सपथ लिएका महतोले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणपछि महत्तोले सरकारमा रहेर मधेशका समस्यालाई सम्बोधन गर्ने प्रयास गर्ने बताए । महत्तो नेतृत्वमा नै जसपा ओली सरकारमा सहभागी भएको हो ।
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय