हिमाल दैनिक
मधेशका मुद्धा ओलीले सम्बोधन गरेकाले सरकारमा सहभागी भएका हौँ: ठाकुर
mahanta-thakur-rajendra-mahato-jaspa
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेशका माग मुद्धालाई प्रधानमन्त्री केपी ओलीले अघि बढाएकाले सरकारमा सहभागी भएको बताएका छन् । शनिवार जसपा पार्टी कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई गरिएको स्वागत कार्यक्रममा अध्यक्ष ठाकुरले आफुहरुको केहिमाग पुरा भएको र केहि माग पुरा हुन बाँकी रहेकाले सरकारमा सहभागी भएको बताएका हुन् । उनले आफुहरुले लामो समयदेखि राख्दै आएको मागलाई सकेसम्म पुरा गर्ने आश्वास प्रधानमन्त्रीबाट आएको जिकिर गरे । अध्यक्ष ठाकुरले रेशम चौधरीलाई लगाएको मुद्धा, नागरिकता लगाएतका बिषय सरकारबाट सम्बोधन हुने क्रममा रहेको बताए । उनले केहि व्यक्तिले नागरिकलाई राष्ट्रियतासंग जोडेर हेरेका कारण समस्या देखिएको धारणा राखे । कार्यक्रममा जसपा वरिष्ठ नेता एवं उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले संविधानमा आवश्यक संशोधनको कामका लागि सरकारमा बसेर पहल गर्ने बताए । आफुहरुको माग मुद्धालाई पुरा गर्नका साथै पार्टीको आगामी मिसन प्राप्तीका लागि पनि सक्षमताका साथ काम गर्ने उनले बताए । महत्तोले पार्टीे विभाजित अवस्था देखिएकाले निर्वाचन आयोगबाट बैधानिकता लिने स्पष्ट पारे । नवनियुक्त मन्त्रीहरुलाई सबैभन्दा पहिले पाटीको नीतिलाई मुख्य ध्यानमा दिँदै काम गर्न पनि उनले निर्देशन दिए । त्यस्तै उनले हिमाल पहाड तराईका क्षेत्रबाट जसपाप्रति भरोसा हुने गरि जनताको सेवा लाग्ने जिकिर गरे ।
प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update