हिमाल दैनिक
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । शनिबार रातिदेखि लागु हुने गरि निगमले पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँले वृद्धि गरिएको हो । यस संगै अब पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजल तथा मट्टीतेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुगेको छ। एलपी ग्यासमा भने मूल्यवृद्धि गरिएको छैन। यस अघि जेठ २ गतेमा पनि निगमले इन्धनको मूल्य वृद्धि गरेको थियो । निगमले यस अघिको मुल्यमा बिक्री गर्दा पनि निगमलाई पन्ध्र दिनमा १ अर्ब १० करोड घाटा रहेको निगम जनाएको छ। निरन्तर बढिरहेको कच्चा तेलको मूल्य एवम् अमेरिकी डलरको तुलनामा नेपाली रूपैयाँको अवमूल्यन हुने क्रम जारी रहने हो भने निगमले आगामी दिनमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिरहनु पर्ने बाध्यता आउन सक्ने देखिएको निगमका प्रवक्ता विनितमणि उपध्यायले बताए ।
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update