हिमाल दैनिक
मेरो अभिव्यक्तिलाई बङ्ग्याएर गलत प्रचार गरियो: उपप्रधानमन्त्री महतो
194034405_2874873206159495_7640675065675591077_n
जनता समाजवादी पार्टीका नेता एवम उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतो पछिल्लो समय विवादमा परेका छन्। उपप्रधानमन्त्री बनेपछि कार्यभार सम्हाल्दै महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने बताएपछि उनको चौतर्फी बिरोध भएको थियो । सत्तामा रहेका नेकपा एमालेको संस्थापन पक्ष देखि बिपक्षी गठबन्धनले पनि महतोको सो अभिव्यक्तिमा खेद प्रकट गरेका थिए । चौतर्फी आलोचना भएपछि महतोले मध्यरातमा विज्ञप्ति जारी गरेर आफ्नो आफ्नो अभिव्यक्तिलाई बङ्ग्याएर गलत प्रचार गरिएको दाबी गरेका छन् । शनिबार मध्यरातमा बिज्ञप्ति जारी गर्दै राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको बताएका छन्। उनले भनेका छन्,‘म राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिवद्ध रहेको छु। यसबारेमा कसैलाई अन्यथा भ्रम नरहोस् भन्ने म प्रष्ट पार्न चाहन्छु।’
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update