गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले पुनः बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिटको सुनुवाई आजदेखि सुरु हुँदैछ । शुक्रबार थापाले आफूलाई कानूनविपरीत कारवाही गरिएको भन्दै पुनः बहाली गर्न माग सर्वाच्चमा रिट दायर गरेका थिए । उनको तर्फबाट वरिष्ठ अधिवक्ता विजयकान्त मैनाली, बार एसोसिएसनका उपाध्यक्ष अधिवक्ता ईश्वरी भट्टराई र पाटन उच्च बारका पूर्वअध्यक्ष भोजराज आचार्यले बहस गर्दैछन् ।
पार्टीको निर्णय विपरित गई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सरकार जोगाउन लागेको भन्दै पार्टीले २० जेठ गते उनलाई साधारण सदस्य समेत नरहने गरी १ वर्षका लागि निलम्बन गरेको थियो । उक्त निर्णय गत बिहिबार संसद सचिवालयमा जानकारी गराइएको थियो ।
राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले पार्टी साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परेका सांसदको पद संसद सचिवालयमा सूचना पाएपछि स्वत: रिक्त हुन कानुनी प्रावधान रहेको छ । जसअनुसार सभामुख नेत्रनाथ अधिकारीले सांसद पद खारेज भएको पत्र पढेर सदनमा जानकारी गराएका थिए ।
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय