नेपालमा आइतबार थप तीन हजार ४ सय ७९ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १० हजार ४ सय ७१ पिसिआर परिक्षणका क्रममा ३ हजार २४ र तीन हजार २ सय ६२ एन्टीजेन परिक्षणका क्रममा ४५५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म पिसिआर परिक्षणबाट ५ लाख ८८ हजार १२४ र एन्टीजेन परिक्षणबाट १३ हजार ५५९ संक्रमित फेला परेका छन् । त्यस्तै कोरोनाका कारण थप ९९ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार ८ सय ९८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै थप ६ हजार ६ सय ३६ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा ४ लाख ९१ हजार ९ जना संक्रमित निको भएका छन् । हाल ८९ हजार २१७ जना सक्रिय संक्रमित आइशोलेशनमा र ७३१ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३१ लाख ४३ हजार ६२ वटा पिसिआर र ६९ हजार ९५१ वटा एन्टीजेन परिक्षण भएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय