हिमाल दैनिक
सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको छ बुँदे प्रस्तावमाथि आज माधव नेपाल-झलनाथ खनाल पक्षका नेताहरु बीच छलफल हुनेभएको छ । आइतबार प्रधानमन्त्री ओलीले प्रेस बिज्ञप्ति जारी गर्दै एमालेका असन्तुष्ट पक्षलाई विभिन्न सर्तका साथ एकताका लागि आह्वान गरेका थिए । सोहि आह्वान विषयमा छलफल गर्न आज नेपाल-खनाल पक्षका नेताहरु स्थायी कमिटीको बैठक बोलाएका छन् । उनीहरु स्थायी कमिटीमा छलफलपछि मात्र औपचारिक धारणा सार्बजनिक गर्ने बताएका छन् । ओलीले अघि सारेको छ बुँदेमा प्रस्तावमा आफु २०७५ जेठ ३ को संरचनाअनुसार पार्टी सञ्चालन गर्न तयार रहेको तर बिपक्षी गठबन्धनसंग मिलेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा दायर रिटबाट पार्टीका निवर्तमान सांसदहरुले हस्ताक्षर फिर्ता हुनुपर्ने सर्त अघि सरेका छन् । त्यस्तै, अध्यक्ष ओलीले यसबीचमा भएका कारवाही फिर्ता गरिने र कुनै पुर्वाग्रह र भेदभाव नराखिने पनि स्पष्ट गरेका छन् । ओलीको यो प्रस्तावमाथि नेपाल-खनाल पक्षका नेताहरुले भने मिक्ष्रित प्रतिक्रिया दिएका छन् । योगेश भट्टराईले ओलीको प्रस्ताव सकरात्मक रहेको बताएका छन् भने रामकुमारी झाँक्रीले ओलीको प्रस्ताव फन्डा मात्रै हुन सक्ने बताएकी छन् । त्यस्तै घनश्याम भुसालले छलफल गरेर मात्र धारणा सार्वजनिक गर्ने बताए ।
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update