हिमाल दैनिक
केन्द्रमा अनिल झा मन्त्री बनेपछि एक्सनको रियाक्सन: प्रदेशमा डिम्पलको झन्डा चैट
anil-jha-dimpal-jha
जनता समाजवादी पार्टी दुइ धारमा विभाजित गएपछि अहिले पार्टी फुटको अवस्थामा पुगेको छ । जसपाको उपेन्द्र यादव पक्ष सरकारको बिपक्षमा उभिदै बिपक्षी गठबन्धनको मोर्चा सहभागी भएको छ भने ठाकुर-महतो पक्ष प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने भन्दै सर्वाच्चमा रिट हाल्न अध्यक्ष यादव सहित १२ सांसदहरु पुगेको केहि दिनमै ठाकुर-महतो पक्ष सरकारमा सहभागी भए । प्रधानमन्त्री ओलीले शुक्रबार जसपाका ठाकुर-महतो पक्ष नेताहरुलाई उपप्रधानमन्त्री सहित ८ मन्त्री र दुई राज्यमन्त्रीमा दिए । केन्द्रमा अनिल कुमार झा खानेपानीमन्त्री बनेका दुई दिन पनि नबित्दै एक्सनको रियाक्सन दिने क्रममा अध्यक्ष यादवले प्रदेश २ मा झाको श्रीमती डिम्पल झाको मन्त्री पद बाट पजनी गरिदिएका छन्। ठाकुर-महतो पक्ष केन्द्र सरकारमा गएपछि अहिले अध्यक्ष यादव भने प्रदेश २ को सरकारमा केन्द्रित छन् । शुक्रबार ठाकुर-महतो पक्ष सरकारमा गएपछि प्रदेश २ मा आफ्नो पकट मजबुत बनाउन यादव लागि परेका छन् । शनिबार नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिसंगा भेटवार्ता गरि उनले प्रदेश २ मा संयक्त सरकार गठन गर्ने प्रस्ताव अघि सरे । करिब २ घण्टा उपसभापति निधिसंग छलफल गरेपछि यादव सोझै जनकपुर पुगेका थिए । जनकपुरमा गएपछि उनको सक्रियतामा आइतबार मुख्यमन्त्री लालबाबु राउतलाई संसदीय दलको नेता चयन गर्दै ठाकुर-महतो पक्षका भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा सहित उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल, भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई मन्त्रीबाट बर्खास्त गरिएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update