हिमाल दैनिक
नैतिक पतन भएकोलाई मन्त्री बनाएको भन्दै नेकपा एमालेद्वारा प्रदेशसभा बैठक अवरुद्ध
karnali-pradesh-sabha
नैतिक पतन भएको व्यक्तिलाई मन्त्री बनाएको भन्दै नेकपा एमालेले कर्णाली प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । सुर्खेतमा सोमबार प्रदेशसभा बैठक सुरु हुनेबितिकै नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कंडेलले नैतिक पतन भएको अभियोग पुष्टि भइसकेका अम्मर थापा मन्त्री बनाइएको भन्दै बिरोध गरेका थिए । उनले नैतिक पतन भएका व्यक्तिलाई अहिलेसम्म सरकारले संरक्षण गरेर राखेको आरोप लगााए । कुनै पनि व्यक्तिले राजनितिक निर्णय लिन पाइने तर अपराध गर्न नपाइने भन्दै नैतिक पतन भएको व्यक्तिलाई मन्त्री बनाउनु राम्रो नभएको बताए । त्यस्तै उनले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अम्मर थापालाई बर्खास्त नगरेसम्म सदनको कामकारवाही अघि बढ्न नसक्ने बताए । कंडेलले धारणा राखेपछि एमालेका प्रदेशसभा सदस्यहरुले उठेर विरोध जनाएका थिए । सभामुख राजबहादुर शाहीले पटक पटक बस्न आग्रह गरेपनि एमालेका प्रदेशसभा सदस्यहरुले नमानेपछि सदनको कारवाही स्थगीत गरेका थिए ।
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update