हिमाल दैनिक
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टको कुर्ची जोगाउन नेपाल समुहले गर्ला त फ्लोर क्रस?
mukhymantri-trilochan-bhatta
आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिंदैछन् । माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री भट्टले आज बस्न लागेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन् । सुदूरपश्चिम प्रदेश सभामा कुल ५२ सदस्य रहेको छन् । जसमा एमालेका कुल २४ सांसद, माओवादीका १३ सांसद, कांग्रेसका १२ र जनता समाजवादीका कुल २ सदस्य रहेका छन्। भट्टलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक छ । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले भने आज मुख्यमन्त्री भट्टको विपक्षमा मतदान गर्न ह्विप जारी गरेका छन्। तर, माधव नेपाल पक्षका सांसदहरुले आज फ्लोर क्रस गरेर भट्टलाई विश्वासको मत दिने तरखरमा रहेको बताइएको छ । नेपाल पक्षमा कुल १५ सांसद रहेका छन् । नेपाली कांग्रेस भनेले भट्टलाई विश्वासको मतको दिने निर्णय गरेको छ । त्यस्तै जसपाका दुई सांसद महन्थ ठाकुरनिकट हुन्।
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update