हिमाल दैनिक
ओलीलाई अर्को झट्का: मुख्यमन्त्री भट्टको कुर्ची नेपाल पक्षले जोगाइदियो
trilokchandra-bhatta-mukhymantri-sudurpaschim-pradesh
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् । आजको प्रदेशसभा बैठकमा उनको पक्षमा ३० र विपक्षमा ९ मत परेको हो । १२ जना सदस्य रहेको नेपाली कांग्रेस भने तटस्थ बसेको हो । सुदूरपश्चिम प्रदेशमा ५२ सदस्य रहेका छन् । सुदुरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टले बिश्वासको मत लिएका छन्। आज भएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री भट्टको पक्षका कुल ३० मत परेको छ भने ९ मत उनको बिपक्षमा रहेका छन् । त्यस्तै १२ जना सदस्यले भने मतदानमा सहभागी भएनन्। आजको मतदानमा नेपाली कांग्रेसका सांसदहरु तटस्थ बसेका हुन्।
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update