हिमाल दैनिक
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् । सुदूरपश्चिम प्रदेश सभामा कुल ५२ सदस्य रहेको छन् । जसमा एमालेका कुल २४ सांसद, माओवादीका १३ सांसद, कांग्रेसका १२ र जनता समाजवादीका कुल २ सदस्य रहेका छन् । एमालेको सुदुरपश्चिममा नेपाल पक्षको पकट मजबुत रहेको छ । यस प्रदेशमा ओलीको पक्षका ७ सांसद र नेपाल पक्षका १७ सांसद रहेका छन् । भट्टलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक थियो । आजको प्रदेशसभा बैठकमा माओवादी केन्द्र र नेपाल समूह गरि ३० मत परेको छ । त्यस्तै उनको बिपक्षमा एमाले ओली समूहका ७ र राजपाका २ गरि ९ मत परेको छ । त्यस्तै आजको मतदानमा भने कांग्रेसका सांसद तटस्थ बसे जसका कारण मुख्यमन्त्रीले दुई तिहाई बिश्वासको मत पाएनन ।
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update