हिमाल दैनिक
झण्डै ३ करोडको लागतमा बानेश्वरमा बन्यो आकासे पुल
baneshwor-akashe-pul
उपत्यकाको निकै व्यस्त नयाँ बानेश्वर चोकमा आकाशेपुल जडानको काम अन्तिम चरणमा पुगेको छ । बानेश्वर चोकमा पैदल यात्रुको अत्यन्त चाप बढ्दै गएपछि आकासे पुल राखिइको हो । सडक विभागले झण्डै ३ करोडको लागतमा यो पुल निर्माण गरेको हो । बुधबार आकाशेपुलको मुख्यभागलाई क्रेनको साहायताले राखिएको थियो । अबको केहिदिनभित्रै आकाशेपुल सञ्चालनमा ल्याउने विभागले जानकारी दिएको छ । आकाशे पुल राखिएसँगै पैदल यात्रुहरूलाई सडक पार गर्न सहज हुने र यसले सवारी जाम कम हुन गर्न मद्दत पुग्ने ट्राफिक महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update