हिमाल दैनिक
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज बिश्वासको मत लिंदैछन् । वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका गुरुङले आज दिउँसो १२ बजे बोलाइएको प्रदेश सभाको बैठकमा बिश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि ३० दिन भित्र प्रदेशसभा बिश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ । जसअनुसार गुरुङले जेठ २९ भित्र बिश्वासको मत लिनु पर्ने थियो । यसअघि गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि उनले प्रदेशसभा फेस नगरी राजिनामा दिएका थिए र ठुलो दलको नेताको हैसियतले बैशाख २९ मा पुन: मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गण्डकी प्रदेशमा कुल ६० सांसद छन् जसमा एमालेका २७, काँग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्ट्रिय जनमोर्चाका ३ सांसद रहेका छन्। उनलाई विश्वासको मत लिने कुल ३१ सांसदको समर्थन चाहिन्छ । अहिले एमाले अल्पमतमा परेको छ। बिपक्षी गठबन्धनमा अहिले कुल ३० सिट रहेको छ । जनमोर्चाका सांसद कृष्ण थापाले भने वर्तमान सरकारलाई बिश्वासको मत दिने बताएका छन् । उनले गुरुङलाई सहयोग गरेकोले पार्टीले उनलाई सांसद पदबाट निष्कासन समेत गरेका थिए। तर, सर्वाच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि उनि पूर्ववत् अवस्थामा फर्किएका हुन् । अहिले उनले पार्टीको ह्वीप उल्लंगन गरेर गुरुङलाई मत दिने बताईसकेका छन् । उनले साथ दिएपनि अझै गुरुङलाई २ सांसदको आवश्यक छ । बिपक्षी गठबन्धनले मुख्यमन्त्रीलाई बिश्वासको मत नदिने स्पष्ट पारिसकेको छ । हिजो नै बिपक्षी दलले मुख्यमन्त्रीको बिपक्षमा मतदान गर्न छुटै छुटै ह्वीप जारी गरिसकेका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update