हिमाल दैनिक
दीपक मनाङेले दिए मुख्यमन्त्री गुरुङलाई ठुलो झट्का
dipak-manange
गण्डकी प्रदेशमा राजनीतिले नयाँ मोड लिएको छ । आज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिश्वासको मत लिंदैछन् । कुल ६० सदस्य रहेको प्रदेश सभामा मुख्यमन्त्री गुरुङले आज बिश्वासको मत लिने ३१ सांसदको साथको आवश्यक रहेको छ । अंक गणितको हिसावमा गुरुङसंग कुल २८ सांसद रहेका छन् । जनमोर्चाका सांसद कृष्ण थापाले ह्वीप उल्लंघन गरेर गुरुङलाई मत दिएभने र नेकपा एमालेका २७ सांसदको साथ उनीसंग केवल २८ सांसद रहेका छन् । यसै त २ सांसदको खोजिमा बसेका गुरुङलाई अर्को झट्का भने उनकै मन्त्रीले दिएका छन् । स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले भने स्पष्ट रुपमा गुरुङको बिपक्षमा जाने निधो गरिसकेका छन् । संसद विघटन हुनहुन्न भन्ने पक्षमा आफु रहेकोले विपक्षी गठवन्धनलाई साथ दिन गुरुङले बताए । प्रदेश सभामा काँग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्ट्रिय जनमोर्चाका ३ सांसद रहेका छन् । बिपक्षीमा हाल ३० सदस्यको साथ रहेको छ। हिजो बसेको मन्त्रिपरिषदको बैठकमा पनि मनाङे सहभागी भएनन् । सत्तालाई जगाउन दुई पटकसम्म मन्त्री बनाएका मनाङेले गुरुङको साथ छोडेपछि अहिले गण्डकी प्रदेशको राजनीतिले नयाँ मोड लिएको छ। अब गुरुङ २७ सांसदको साथ रहेको छ । मनाङेको साथसंगै अब बिपक्षीको भने अहिले ३१ सिट रहेको छ । यस्तो अवस्थामा बिपक्षी गठ बन्धनले नयाँ सरकार दाबी गर्न सक्छ। गठवन्धनले कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीका रुपमा अघि सारेका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update