हिमाल दैनिक
प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि मन्त्रिपरिषद विस्तार गर्न लागेका छन् । प्रधानमन्त्री ओलीले आज सात मन्त्री र दुई राज्यमन्त्रीलाई नियुक्त गर्न लागेका छन्। उनले खगराज अधिकारीलाई गृह मन्त्री, पूर्व गृहमन्त्री राम बहादुर थापा बादलकी श्रीमती नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ज्वालाकुमारी साहलाई कृषि मन्त्रालय, नारदमुनी रानालाई वन मन्त्रालय, मोहन बाँनिया विना विभागीय, उद्योग मन्त्रालय राजकिशोर यादव, गणेश पहाडीलाई सामान्य प्रशासन मन्त्रालय र आशा बिक वन राज्यमन्त्रालयको जिम्मेवारी दिन लगिएको बताइएको छ । उनीहरुलाई आजै ४ बजे सपथ खुवाउने तयारी गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update