हिमाल दैनिक
गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा बिश्वासको मत गुमाएका छन् । बिहिबार गण्डकी प्रदेशमा भएको मतदानमा मुख्यमन्त्री गुरुङले कुल २७ मत प्राप्त गरेका छन् । प्रदेश सभामा कुल ६० सदस्य रहेका छन्। उनले बिश्वासको मत पाउन कुल ३१ मतको आवश्यकता थियो । सभामुख नेत्रनाथ अधिकारीका अनुसार मुख्यमन्त्रीको पक्षमा २७ मत, विपक्षमा ३० मत, १ जना सांसद मतदानमा सहभागी भएन्। मतदानमा प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे अनुपस्थित रहे । त्यस्तै भने राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बसे । नेपाली कांग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टीका २ जना र राष्ट्रिय जनमोर्चाका सांसदहरुले भने विपक्षमा मतदान गरे । यस संगै अब गुरुङ मुख्यमन्त्रीबाट पदमुक्त भएका छन् । अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update