नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले पदभार ग्रहण गरेकी छिन् । राष्ट्रपति कार्यालयबाट सपथ ग्रहणपश्चात थापा सिंहदरवारस्थित सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्रालयमा पदभार ग्रहण गरेकी हुन् ।
पदभारपछि मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा मन्त्री थापाले सरकारले ल्याएको बजेटका साथै आगामी आर्थिक बर्षको कार्यक्रमलाई कार्यान्वयन गर्न ध्यान दिइने बताईन । उनले नयाँ नेपालको अभियानमा अघि बढेको भन्दै सरकारको कार्यक्रमलाई सफल बनाउनुपर्ने जिकिर गरिन् । मन्त्री थापाले जनताको अधिकार र आकांक्षालाई पनि प्राथमिकतामा राख्ने धारणा राखिन् । उनले असफल हुने छुट कसैलाई पनि नरहेको बताईन ।
थापा यसअघि महिला आयोगको अध्यक्ष समेत भएकी छिन् । थापा एमाले नेता एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी हुन् ।
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय