हिमाल दैनिक
संघीय संसदको प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन्। जेठ ८ मा दोश्रोपटक प्रधानमन्त्री केपी शर्मा ओलीको शिफारिसमा राष्ट्रपतिले संसद विघटनपछि उत्पन्न राजनीतिक परिस्थिति बारे छलफल सभामुख सापकोटाले आज दिउँसो २ बजे प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शिर्ष नेताहरुलाई छलफलका लागि बोलेका हुन् । संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरुलाई पनि छलफलका लागि बोलाइएको छ । छलफलमा सहभागिताका लागि सबैलाई पत्र समेत पठाइसकेको सचिवालयले जनाएको छ । यसअघि संवैधानिक परिषद र मन्त्रिमण्डल विस्तार हुँदा बिगतको चलनहरुलाई तोड्दै सभामुख सापकोटा अनुपस्थित रहदै आइराखेका छन् । यस्तो अवस्थामा प्रधानमन्त्री ओली पनि यस बैठकमा उपस्थित हुने वा नहुने भन्नेमा अन्योलता कायम नै छ । सरकारले मध्यरातमा संसद विगठन गरि कार्तिक २६ र मङ्सिर ३ गतेका लागि मध्यावधि चुनावको घोषण समेत गरेको थियो । यस पटक संसद बिगठन पछि सभामुख बिभिन्न कानुन व्यवसायीहरू र पूर्व सभामुख संग छलफल र परामर्श गर्दै आइ राखेका छन् । संसद विगठन बिरुद्धको मुद्दा अहिले सर्वाच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई भईराखेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update