राजीव गुरुङ(दीपक मनाङे)ले गण्डकी प्रदेशका युवा तथा खेलकूदमन्त्रीको पदबाट राजीनामा दिएका छ ।
बिहिबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिश्वासको मत गुमाएपछि सोहि रात मनाङेले मन्त्री पदबाट राजिनामा दिएका हुन् । उनले मुख्यमन्त्री नै पदमुक्त भएपछि आफु पनि नैतिक रुपमा मन्त्री नरहने बताए ।
गण्डकी प्रदेशमा पछिल्लो राजीनितिक घटना क्रममा मनाङेको महत्वपूर्ण भूमिका देखिएको छ । हिजो प्रदेश सभामा मुख्यमन्त्रीले बिश्वास मतका लागि प्रस्ताव गर्दा उनकै मन्त्री मनाङेले गुरुङलाई पताएनन। मनाङे हिजोको मतदानमा उपस्थित नै भएन्। जसका कारण गुरुङ २७ मत हासिल गरे। मुख्यमन्त्रीले प्रदेश सभा विघटन गर्न लागेको भन्दै उनले संसद् बचाउन विपक्षी गठबन्धनमा सामेल भएको बताएका छन्। उनले हिजो नै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आफ्नो राजीनामा पत्र बुझाएका थिए।
त्यस्तै अबको सरकार गठनमा पनि मनाङेको निर्णायक भूमिका रहेको छ । उनले बिपक्षी गठबन्धनकाको सरकार बनाउनका लागि पनि हस्तक्षार दिईसकेका छन् । बिपक्षी गठबन्धनका एक सांसदका अनुसार मनाङेसहित ३१ सांसदहरुको हस्ताक्षर संकलन भइसकेको छ ।
प्रदेश सभामा कुल ६० सदस्य रहेका छन् र सरकार गठनका लागि ३१ मतको आवश्यक छ । हिजो बिश्वासको मत लिने क्रममा गुरुङको बिपक्षमा ३० मत खसेको थियो । मनाङेको साथसंगै सरकार गठनका लागि चाहिने बहुमत पुगेको छ । अब प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको १६८ (५) बमोजिम सरकार गठनका लागि आह्वान गर्नेछिन् ।
गुरुङले गत वैशाख २६ गते मुख्यमन्त्री पदबाट राजिनामा दिएका थिए । ठुलो दलको नेताको हैसियतले उनि बैशाख २९ गते मुख्यमन्त्रीमा पुन: नियुक्त भए। मुख्यमन्त्री बनेपछि ३० दिन भित्र बिश्वासको मत लिनु पर्ने संवैधानिक प्रावधान रहेको छ । जसअनुसार हिजो हुने संसदमा संसद फेस गरेका थिए । गुरुङ पदमुक्त भएसंगै अब बिपक्षी गठबन्धनले नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्रीको दाबेदार बनेका छन्।
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्