गण्डकी प्रदेशमा बिपक्षी गठबन्धनले सरकार गठनका लागि आज नै दाबी पेस गर्ने भएको छ । शुक्रबार गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्तिका २४ घण्टाको समय दिएकी थिइन् । सो समयावधिको तीन घण्टा पनि नबित्दै आज नै बिपक्षी गठबन्धनले सरकारमा आफ्नो दाबी पेश गर्न लागेका हुन् ।
सरकारमा दाबी पेस गर्नका लागि प्रदेश सभाको बहुमत (३१) सदस्यको आवश्यक छ । अहिले पछिल्लो समय स्वतन्त्र सांसद राजिब गुरुङ (दीपक मनाङे) ले बिपक्षीलाई साथ दिएपछि अहिले बिपक्ष गठबन्धनको सरकार बन्ने सुनिश्चित छ । विपक्षी गठबन्धनबाट मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई प्रस्तावित गरिएको छ।
अहिले बिपक्षी गठबन्धनमा कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद मनाङेको साथ रहेको छ । बिहिबार प्रदेश सभामा पृथ्वीसुब्बा गुरुङले बिश्वासको मत हासिल गर्न नसकेपछि उनि मुख्यमन्त्रीको पदबाट पदमुक्त भएका थिए ।
उनीहरु पाँच बजे प्रदेश प्रमुखकहाँ जाँदैछन्।
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय