गण्डकी प्रदेशमा आज नयाँ सरकार नबन्ने भएको छ । शुक्रबार बिपक्षी गठबन्धनले ३१ जना प्रदेश सभा सदस्यको हस्ताक्षर गरेपनि गण्डकी प्रदेशले आज नयाँ मुख्यमन्त्री नपाउने भएको छ । बिपक्षी गठबन्धनबाट मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई प्रस्तावित गर्दै ३१ सदस्यहरुले प्रदेश प्रमुख सीताकुमार पौडेललाई बुझाएका थिए ।
हस्तक्षार बुझिसकेपछि प्रदेश प्रमुख पौडेलले कानुन बमोजिम चल्ने बताइन । बिहिबार प्रदेश सभामा पृथ्वीसुब्बा गुरुङले विश्व को मत गुमाएपछि प्रदेश प्रमुखले आज नै संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेकी थिइन् । उनले भोलि दिउँसो ३ बजे सम्मका लागि मुख्यमन्त्री नियुक्तिका लागि दावी गर्न प्रदेशसभाका सदस्यलाई आह्वान गरेकी हुन् ।
उनले भनिन्,'आवश्यक परे म तपाईंहरुलाई बोलाउँछु, मैले संविधान वमोजिम नै काम गर्ने हो ।’
प्रदेश सभामा कुल ६० सदस्य रहेका छन् । नयाँ मुख्यमन्त्री नियुक्तिका लागि कुल ३१ मतको आवश्यक छ । आज बिपक्षी गठबन्धनका सबै ३१ जानै सांसद भौतिक रुपमा उपस्थित भएर प्रदेश प्रमुखलाई हस्तक्षार बुझाएका थिए । उनीहरुले पछि सत्ता पक्षले किर्ते हस्ताक्षार गरे भनेर भ्रम फलाउने सक्ने भन्दै सबै जनाले फेरि हस्ताक्षर सनाखत गरेका थिए ।
अहिले विपक्षी गठबन्धनमा कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद राजिव गुरुङ(दीपक मनाङे) छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय