पहिलो हाफको हाइलाइटस:
टर्कीका डिफेन्डरले इटालीलाई रोक्न निकै कठिनाइ भएको थियो । पहिलो हाफमा खेल गोल रहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा इटालीले १४ शट हानेका थिए जसमा ३ अन टार्गेट थियो । टर्कीका गोलकिप्पर सकीरले भने सबै अन टार्गेट बललाई बचेका थिए । पहिलो हाफमा इटालीको टिम संग ६८ प्रतिशत र टर्की संग ३२ प्रतिशत बल पोजेसन रहेको थियो ।- खेलको तेस्रो मिनेटमा इटालीका फ्लोरेनजीले इमोबिललाई शानदार पास दिएका थिए तर इमोबिलले त्यसलाई सदुपयोग गर्न सकेनन ।
- २१ औं मिनेटमा इमोबिलले फेरी एक पटक पोस्टमा शुट गरे तर सोयूनकूले त्यसलाई बक्सभित्र नै ब्लक गरे ।
- २२ औं मिनेटमा इटालीलाई कर्नर पायो । इन्सिग्नेको शटमा चेलिनीले हेडर लिए तर टर्कीका गोलकिप्पर सकीरले त्यलाई रोके।
- २३ औं मिनेटमा इटालीका बोनुचीले टार्गेट मिस गरे।
- २९ औं मिनेटमा इटालीका बरेलाले शानदार शट लिए तर टार्गेट मिस भयो।
- ३३ औं मिनेटमा इमोबिलले टार्गेट मिस गरे। हेडर लिने समयमा टर्कीका २ डिफेन्डरले उनलाई ब्लक गरे।
- ३७ औं मिनेटमा इन्सिग्नेले पेनाल्टी एरियाबाहिर बाट शट गरे तर सकीरले त्यसलाई बायाँ तर्फ डाइव गरेर बचाए गरे।
- ३९ औं मिनेटमा इटालीका बेरार्दीले टार्गेट मिस गरे।
[caption id="attachment_24152" align="aligncenter" width="600"] इटलीका खेलाडीलाई ब्लक गर्न कोसिस गर्दै टर्कीका गोलकिप्पर सकीर।[/caption]
- ४३ औं मिनेटमा इमोबिलले अर्को शट हाने तर सकीरले त्यसलाई रोके।
- ४५ औं मिनेटमा इन्सिग्नेले हानेको बल टर्कीका डिफेन्डरले ब्लक गरे। त्यस्तै बेरार्दीले पनि टार्गेट मिस गरे।
दोश्रो हाफको हाइलाइटस:
पहिलो हाफ गोल रहित बराबरीमा खेलेको इटालीले दोश्रो हाफमा भने ३ गोलको अग्रता लियो। दोश्रो हगमा इटालीले १० शट हानेको थियो जसमा ५ अन टार्गेट थियो । इटाली टर्कीमाथि यति हाबी भएको थियोकी ९० मिनेटको खेलमा टर्कीले ३ पटक मात्र काउन्टर अट्याक गर्न सक्यो। खेल सकिने बेलामा इटाली संग ६४ प्रतिशत र टर्की संग ३६ प्रतिशत बल पोजेशन रहेको थियो । त्यस्तै इटालीले यस खेलमा ६१६ र टर्कीले ३६० पास कमप्लिट गरेका थिए । टर्कीका २ खेलाडी सोयूनकूले ८८ औं र दर्वीसोग्लूले ९० औं मिनेटमा फ़ाउल गरेर १-१ पहेलो कार्ड खाएका थिए ।[caption id="attachment_24147" align="aligncenter" width="600"] देमिरालको आत्मघाती गोल।[/caption]
- ५३ औं मिनेटमा बेरार्दीले टर्कीको बक्सभित्र राइट फ्लैकबाट लिएको शट टर्कीका लागि आत्मघाती साबित भयो । बल देमिरालको शरीरमा लगेर गोल भएको थियो।
- ५४ औं मिनेटमा इमोबिलले पेनाल्टी एरिया बाहिरबाट शट हान्ने कोशिस गरे । बल क्रसबार बाहिरबाट गयो।
- ५८ औं मिनेटमा चेलिनीले टार्गेट मिस गरे । यतिखेर लोकातेलीले पनि गोल गर्न कोसिस गरेपनि सफलता हात परेनन्।
- ५९ औं मिनेटमा बेरार्दीले टार्गेट मिस गरे।
- ६६ औं मिनेटमा स्पिनाजोलाले टर्कीको पेनाल्टी एरियामा गोल पोस्टमा शट हाने । तर टर्कीका गोलकिप्पर सकीरले बचाए । तर बल इमोबिलसंग पुग्यो र उनले खेलको दोश्रो गोल गरे ।
[caption id="attachment_24148" align="aligncenter" width="600"] सिरो इमोबिलले १४ औं अन्तराष्ट्रिय गोल, यस संगै इटली २-० ले अगाडी[/caption]
- ७९ औं मिनेटमा इन्सिग्नेले शानदार कर्व गोल गर्दै खेललाई ३-० मा पुराए ।
-
[caption id="attachment_24149" align="alignnone" width="600"] इन्सिग्नेले कर्व शट हान्दै इटलीलाई ३-० को जीत दिलाए।[/caption]
- ९० मिनेट पछि ४ मिनेटको इजुरी समय थपिएको थियो । तर, त्यसबेला कुनै गोल हुन सकेन र इटालीले सहज जीत हात पर्यो।
[caption id="attachment_24150" align="aligncenter" width="600"] जीतपछि इटली टीम।[/caption]
फिफा रैकिङ्ग
इटाली ७ औं स्थानमा इटाली यस बर्षको युरोकपको दाबेदारको रुपमा लिइएको छ । यस टिमले क्वालीफ़ाइङ्ग इभेतमा आफ्नो सबै १० खेल मा जीत हात परेको छ । इटालीले १९६८ मा युरोकप जितेको थियो । त्यसपछि इटालीले अहिलेसम्म युरोकप हात परेको छैन । सन् २०१६ को युरोकपमा इटाली जर्मनी संग क्वाटर फैनलमा पराजित भएको थियो । खेल १-१ मा सकिएपछि जर्मनीले पेनाल्टी शुट आउटमा इटालीलाई ६-५ को गोल अन्तरले पराजित भएको थियो। त्यस्तै इटाली सन् २००० र सन् २०१२ को सिजनमा रनर अप भएको छ। |
टर्की २९ औं स्थानमा टर्कीले अहिले सम्म ५ युरो कपमा खेलेको छ । टर्कीले सन् २००८ को यूरो कपमा शानदार प्रदर्शन गरेको थियो । त्यस सिजनमा टर्की सेमी फाइनल पुगेको थियो । टर्की लगातार दोश्रो पटक युरोकपका लागि क्वालिफाई भएको हो । यस भन्दा अघि सन् १९९६ र २००० मा टिमले लगातार २ पटक युरोकपमा क्वालिफाई भएको थियो । सन् २०२० को युरोकपमा क्वालिफ़ाइङ्ग राउण्डमा टर्कीले १० खेल मा ३ गोल खाएको थियो। त्यस्तै डिफेन्डमा जाइटले बेस्ट पर्फर्मेन्स पाएका थिए। |
पछिल्लो तीन युरोकपमा
इटाली:
|
टर्की:
|