
आजको तेस्रो खेल बेल्जियम र रुस बीच हुँदैछ । रुसले भने अहिले सम्म कुनै किताब जित्न सकेको छैन तर सन् १९६० मा सोवियत युनियन भने च्याम्पियन बनेको थियो ।
सन् १९९२ मा सोवियत युनियन विघटन भएपछि रुसको टिमले बेल्जियमलाई कहिलै पराजित गर्न सकेन। यस पटक यो खेल भने रुसको घरेलु मैदानमा हुँदैछ । सन् १९८० मा बेल्जियम उत्कृष्ट प्रदर्शन गरेको थियो। त्यसबेला बेल्जियम फाइनल पुगेको थियो । फाइनलमा बेल्जियममा जर्मनीसंग पराजित बहेको थियो। सोवियत युनियन विगठन पछि रुसले सबै भन्दा राम्रो प्रदर्शन सन् २००८ मा गरेको थियो। त्यसबेला रुस सेमी फाइनलमा प्रवेश गरेको थियो । अन्तिम चारमा रुस स्पेनसंग पराजित भएको थियो ।त्यस बर्ष स्पेनले खिताब जितेको थियो।
टिममा केविन डि ब्रुइने, एडेन हजार्ड र रोमेलू लुकाकूको उपस्थिति संगै बेल्जियम निकै आक्रामक टिमको रुपमा लिइएको छ। ब्रुइने भने घाइते छन् र यस खेलमा खेल्ने वा नखेल्ने भन्ने टुंगो लागेको छैन।
बेल्जियमको टीम ३-४-३ को फर्मेसनमा ग्राउण्डमा उत्रिन सक्नेछन् भने रूस ५-३-१-१ को फर्मेसनमा देखिन सक्ने सम्भावना रहेको छ। सन् २०२० मा युरोकपमा क्वालिफाई हुने बेल्जियम पहिलो टिम रहेको थियो । बेल्जियमले सबै १० खेल जितेर क्वालिफाई भएको थियो। त्यस्तै रुसले भने १० मा ८ खेलमा जीत हात पर्दै क्वालिफाई भएको थियो । रुस बेल्जियमसंग २ खेल पराजित भएको थियो । युरोकपमा पछिल्लो १२ खेलमा बेल्जियमले ५ खेलमा जीत, ६ मा हार र एक मा बराबरी खेलेको थियो।
युरोकप २०२१ को दोश्रो दिन आज तीन खेल हुँदैछ। समुह 'ए' को दोश्रो खेलमा आज वेल्सले स्विजरल्याण्डसंग सामना गर्दैछ। त्यस्तै समूह 'बी' को पहिलो खेलमा आज डेनमार्कले फिनल्याण्डको सामना गर्दैछ र समुह 'बी' को दोश्रो खेलमा बेल्जियमले रुससंग खेल्नेछ ।
अहिलेसम्म क्वाटरफाइनल पुग्ने नसकेको स्विजरल्याण्ड
युरोकपको इतिहासमा स्विजरल्याण्डको भने त्यति राम्रो रेकर्ड छैन । यो टिम अहिलेसम्म तीन पटक टुर्नामेन्टको समुह चरणबाट नै बाहिर भएको छ । तर सन् २०१६ मा भने यो टिम अन्तिम १६ मा प्रवेश गरेको थियो । म्यानेजर् व्लादिमीर पेटकोले टिमको नेतृत्व गरेपछि अहिले स्विजरल्याण्डले राम्रो प्रदर्शन गर्दै आएको छ । टिमले लगातार ६ खेलमा जीत हासिल गरेको छ भने स्पेन जस्तो टिमलाई बराबरीमा रोकेको छ ।
पहिलो पटक फिनल्याण्ड युरोकपमा, डेनमार्कसंग ३८ पटक पराजित
फिनल्याण्ड पहिलो पटक युरोकप खेल्दैछ। आज हुन लागेको खेलमा फिनल्याण्ड डेनमार्कसंग सामना गर्दैछ। डेनमार्कको टिम भने सधै फिनल्याण्डमाथि हाबी हुँदै आइरकेको छ। फिनल्याण्ड अहिले सम्म डेनमार्कसंग ३८ पटक पराजित भएको छ । सन् २०११ यता यी दुईले कुनै पनि खेल खेलेका छैनन् । पछिल्लो समय डेनमार्कले युरोकपमा राम्रो प्रदर्शन गर्दै आइराखेको रहेको छ ।
रियान गिग्स[/caption]
यस पाली टिमको नियमित प्रशिक्षक रियान गिग्स टिमको साथमा छैनन्। गिग्स अहिले कोर्ट ट्रायलमा रहेका छन् जसका कारण उनको ठाउँमा राब पेजले टिमलाई कोच गर्नेछन् । अघिल्लो युरो कपको ८ खेलाडी टिममा सामेल छन् जसमा गारेथ बेल, एरोन रामसी र जो एलन पनि रहेका छन्।
आज तीन खेल हुँदै

अहिलेसम्म क्वाटरफाइनल पुग्ने नसकेको स्विजरल्याण्ड
युरोकपको इतिहासमा स्विजरल्याण्डको भने त्यति राम्रो रेकर्ड छैन । यो टिम अहिलेसम्म तीन पटक टुर्नामेन्टको समुह चरणबाट नै बाहिर भएको छ । तर सन् २०१६ मा भने यो टिम अन्तिम १६ मा प्रवेश गरेको थियो । म्यानेजर् व्लादिमीर पेटकोले टिमको नेतृत्व गरेपछि अहिले स्विजरल्याण्डले राम्रो प्रदर्शन गर्दै आएको छ । टिमले लगातार ६ खेलमा जीत हासिल गरेको छ भने स्पेन जस्तो टिमलाई बराबरीमा रोकेको छ ।
पहिलो पटक फिनल्याण्ड युरोकपमा, डेनमार्कसंग ३८ पटक पराजित
फिनल्याण्ड पहिलो पटक युरोकप खेल्दैछ। आज हुन लागेको खेलमा फिनल्याण्ड डेनमार्कसंग सामना गर्दैछ। डेनमार्कको टिम भने सधै फिनल्याण्डमाथि हाबी हुँदै आइरकेको छ। फिनल्याण्ड अहिले सम्म डेनमार्कसंग ३८ पटक पराजित भएको छ । सन् २०११ यता यी दुईले कुनै पनि खेल खेलेका छैनन् । पछिल्लो समय डेनमार्कले युरोकपमा राम्रो प्रदर्शन गर्दै आइराखेको रहेको छ ।
कोच रियान गिग्स साथमा छैनन्
[caption id="attachment_24166" align="alignnone" width="640"]
युरोकपको पहिलो खेलमा इटालीको दमदार प्रदर्शन
इटालीले युरोकप २०२१ मा बिजयी सुरुवात गरेको छ । रोमको स्टेडियो ओलिम्पिको रंगशालामा युरोपियन च्याम्पियनसिप युरोकपको १६ औं संस्करणको पहिलो खेलमा इटालीले टर्कीलाई ३-० ले पराजित गरेको छ । गए राति भएको खेलमा इटालीका स्ट्राइकर सिरो इमोबिल र इन्सिग्नेले १-१ गोल गरेका थिए भने टर्कीका देमिरालले आत्मघाती गोल गरेका थिए । टर्की संगको पछिल्लो ११ खेलमध्य इटालीको यो ८ औं जित हो जहाँ ३ खेल ड्रा भएको थियो। [gallery columns="2" link="file" size="medium" td_select_gallery_slide="slide" ids="24152,24153,24151,24150,24149"]प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय