हिमाल दैनिक
वाग्मती प्रदेश सभाका सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् । शनिबार बसको प्रदेश सभा बैठकमा कांग्रेस सांसद वैधले सभामुखसँग समय मागेर आफ्नो अभिव्यक्ति फिर्ता लिएका हुन्। हिजोको बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै भने, '‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि ।' उनले ओलीलाई रोक्न आफु नै गोड्से बन्न तयार रहेको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । त्यसपछि उनको चौतर्फी बिरोध भएको थियो। त्यस्तै उनलाई नेपाली कांग्रेसले तत्काल अभिव्यक्ति फिर्ता लिन समेत निर्देशन दिएको थियो । सोहि अनुरुप आज वैधले बिशेष समय लिंदै आफ्नो अभिव्यक्ति फिर्ता लिएका हुन्। उनले बैठकमा प्रधानमन्त्री ओलीसंग आफ्नो कुनै रिसइवी नभएको बताए। त्यस्तै आफु गान्धीवादी नेता भएको र हिजो आवेश आइ सो अभिव्यक्ति दिएको समेत बताए। उनले आफु आत्मालोचना भएको बताउदै संसदको रेकर्डबाट सो अभिव्यक्ति हटाउन समेत सभामुखलाई आग्रह गरेका थिए । सभामुखले बैद्यको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन समेत निर्देशन दिईसकेका छन् ।
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update