गण्डकी प्रदेशमा बिपक्षी गठबन्धन प्रदेश प्रमुखको निवास पुगेका छन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम वैकल्पिक सरकार गठनका लागि दिएको समय अवधि सकिएपछि अहिले बिपक्षि गठबन्धनका ३१ सांसदहरु प्रदेश प्रमुखको निवास अघि पुगेका छन् । जेष्ठ २७ गते बिश्वासका मत गुमाएका पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री पदमा पुन: दाबी पेस गरेपछि गण्डकी प्रदेशमा राजीनितिक हालछल बढेर गएको छ ।
गुरुङले आफुसंग राष्ट्रिय जनमाेर्चा र जनता समाजवादी पार्टीकाे समर्थन सहितको पत्र पेस गर्दै पुन: मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गरेका हुन् । तर, बिपक्षी गठबन्धनमा जसपाका सांसदहरुले हिजै हस्तक्षार गरिसकेपछि फेरी आज गुरुङले आफुसंग बहुमतको छ भन्दै दाबी पेस गरेपछि अहिले प्रदेश प्रमुखको निवासको अगाडी गठबन्धनले धर्ना दिईरहेका छन्। त्यस्तै स्रोतका अनुसार गुरुङले अहिले मन्त्रिपरिषदको बैठक बसेको धर्नामा बसेका एक सांसदले बताए।
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय