हिमाल दैनिक
जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले ओली भाइरस पोखरामा पनि सल्किएको प्रतिक्रिया दिएका छन् । जेष्ठ २७ मा बिश्वासको मत गुमाएपछि फेरी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङले दाबी गरेपछि भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले सामाजिक संजालमा लेखेका छन् ,'ओली भाइरस पोखरामा पनि सल्केको देखियो है। यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो। अब कोही पनि ओली भाइरसबारे कुनै भ्रममा नपरौं। सबैले सबैतिरबाट सशक्त प्रतिवाद गरौं।ओली भाइरसलाई सदाकोनिम्ति अन्त्य गरौं! संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा। ' उनले यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने लगेको भन्दै त्यसको प्रतिवादमा एकजुट हुन अपिल गरेका छन्।
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update