हिमाल दैनिक
प्रदेश सभा विगठनको षडयन्त्र हुँदैछ: कांग्रेस सांसद नेपाली
pradesh-pramukh-dharna
गण्डकी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द नेपालीले गण्डकी प्रदेश विगठन गर्ने षडयन्त्र भईराखेको बताएका छन् । पृथ्वीसुब्बा गुरुङले आफुसंग बहुमत छ भन्दै सरकारमा दाबी पेस गरेपछि अहिले बिपक्षी गठबन्धन प्रदेश प्रमुख निवास अघि धर्ना दिईराखेका छन् । सांसद नेपालीका अनुसार उनिहरु प्रदेश प्रमुखलाई भेट्न जान खोज्दा प्रहरीले गेटमै रोकेपछि अहिले प्रदेश प्रमुखको निवास अगाडी धर्ना दिईराखेको बताए । उनले प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरे अनुरुप नै हिजो बहुमत सदस्य (३१ जना) हस्तक्षार बुझाएको बताए । हस्तक्षार बुझाउने क्रममा प्रदेश प्रमुखले शनिबार ३ बजे सम्मको सिमा अवधि तोकिएको हुनाले त्यो बेलासम्म अध्ययन गर्नुपर्ने भनेको नेपाली बताए । प्रदेश प्रमुख जस्तो पद सम्हालेको ब्यक्तिले भनि सकेपछि र आफुहरु श-शरीर उपस्थित भई हस्त्क्षार सनाखत भईसकेपछि अध्ययन गर्ने समय दिएको उनले बताए। तर, अहिले जसपाका प्रदेशका अध्यक्ष र दुई सांसदले आफुलाई साथ दिएको र यो धर्नामा समेत सम्हेल भएको अवस्थामा अरु कसैले जसपा अध्यक्ष हो र मेरो साथ गुरुङलाई छ भन्दै निवेदन दिईएको उनले बताए । 'यो सरासर अनैतिक त हुँदै हो, यो संबैधानिक अपराध पनि हो । राजीनितिक बेइमानी पनि हो।' उनले भने ,'प्रधानमन्त्री ओलीको नेतृत्वमा संबिधानलाई समाप्त गर्ने शाजिसको एउटा अंगको रुपमा प्रदेश प्रमुखले आफुलाई साबित गर्नु भएको छ।' त्यस्तै अहिले गुरुङले मन्त्रिपरिषदको बैठक बसिराखेको उनले बताए ।
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update