गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनेभएका छन् । संविधानको धारा १६८ (५) बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेलले नेपालीलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न लागेकी हुन् ।
वैशाख २९ मा दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेष्ठ २७ मा संसदबाट बिश्वास गुमाएका थिए । त्यसपछि प्रदेश प्रमुख पौडेलले आज दिउँसो ३ बजेसम्म सरकार गठनका लागि आह्वान गरेकी थिइन् । नेपालीको समर्थनमा ३१ जना सांसद हिजै प्रदेश प्रमुखलाई भेटेर हस्तक्षर बुझाएका थिए । तर, गुरुङले आफुसंग जसपा र राष्ट्रिय जनमोर्चाको समर्थन छ भन्दै पुन: मुख्यमन्त्रीमा दाबी पेस गरेपछि बिपक्षी गठ बन्धनले प्रदेश प्रमुखको निवास अगाडी धर्ना दिई राखेका छन् ।
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय