
युरोकप २०२० को दोश्रो दिनको दोश्रो खेलमा एक खेलाडी खेल्दा खेल्दै अचेत भई खेल मैदानमै लडेका थिए । शनिबार डेनमार्क र फिनल्याण्ड बीच भएको खेलमा डेनमार्कका क्रिश्चियम एरिक्सन एक्कासी खेल मैदानमै लड्न पुगे। खेलको ४३ औं मिनेटमा यस्तो भएपछि तत्काल मेडिकल टिमले उपचार गर्न मैदानमा पुगेको थियो । करिब करिब १५ मिनेट मैदानमै उपचार गर्दा समेत उनको होस् नखुलेपछि उनलाई तत्काल अस्पताल पुराइएको थियो ।
उक्त घटना पछि खेलाडी र दर्शक भावुक भएका थिए । युईएफएले मेडिकल इमर्जेन्सी भन्दै खेल त्यही स्थगित गर्यो । करिब २ घण्टा पछि सो खेल फेरी सुचारु भएको थियो । यस खेलमा डेनमार्क फिनल्याण्ड संग १-० को गोल अन्तरले पराजित भएको छ ।
एरिक्सनलाई आखिर के भएको थियो ?
खेलको ४३ औं मिनेटमा डेनमार्कले थ्रो इन पाएको थियो । डेनमार्कका खेलाडीले एरिक्सनलाई बल थ्रो गरे । बल रिसिव गरेपछि एरिक्सन अचानक बेहोस भई मैदानमा लडे । त्यसपछि मेडिकल टिमलाई बोलाइएको थियो । मैदानमा नै उनलाई सिपिआर दिईएको थियो। त्यसपछि उनलाई अस्पताल लगिएको थियो ।
डेनिश फुटबल फेडरेशनले एरिक्सन अहिले ठिक भएको बताएका छन् । एरिक्सनको सब्सटिट्यूटमा मैथियास जेन्सन मैदान छिरेका थिए ।
डेनमार्कले अब आफ्नो दोश्रो खेल जुन १७ मा बेल्जियम संग खेल्ने छ।
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय