
शनिबार भएको तेस्रो खेलमा युरोकपका दाबेदार बेल्जियमले रुसलाई पराजित गरेको छ । सेन्ट पीटर्सबर्ग रंगशालामा भएको खेलमा बेल्जियमले रुसलाई ३-० को गोल अन्तरले पराजित गरेको हि । बेल्जियममा स्टार स्ट्राइकर रोमेलू लुकाकूले खेल सुरु भएको १० औं मिनेटमा र ८९ औं मिनेटमा गरि दुई गोल गरेका थिए। त्यस्तै लुकाकूको असिस्टमा थामस मुनिएले भने ३४ औं मिनेटमा गोल गरेका थिए ।
मुनिए २७ मिनेटमा सब्सटिट्यूट भएर मैदान छिरेका थिए । पहिलो हाफमा सब्सटिट्यूट खेलाडीले गोल गरेको यो युरोकपमा पहिलो पटक हो। मुनिएले पछिल्लो ५ खेलमा २ गोल गरेका छन्र ३ असिस्ट गरेका छन् ।
त्यस्तै बेल्जियमका अर्का स्टार खेलाडी एडेन हैजार्ड ७२ औं मिनेटमा सब्सटिट्यूटको रुपमा मैदानमा उत्रेका थिए । हैजार्डको टिमको रुसमाथि यो लगातार तेस्रो जितहो । यो भन्दा अघि रेड डेविल(बेल्जियम) ले रुसलाई सन् २०१९को नोभेम्बरमा ४-१ ले र सन् २०१९ को मार्चमा ३-१ ले पराजित गरेको थियो । रेड डेविल रुससंग खेलेको यस अघिको ६ खेलमा ५ मा जीत हात पारेको छ । १ खेल परबरीमा खेलेको छ ।
लुकाकूले बेल्जियमका लागि लगातार २ युरोकपमा गोल गर्ने दोश्रो खेलाडी हुन् । लुकाकूले सन् २०१६ को युरोकपमा पनि गोल गरेका थिए । यस अघि जान स्यूलिमांसले बेल्जियमका लागि सन् १९८० र सन् १९८४ को यूरोकपमा गोल गरेका थिए । पछिल्लो बेल्जियमको १५ खेलमा लुकाकुले २० गोल गरेका छन् । लुकाकुले बेल्जियमबाट ९४ खेल खेलेका छन् जसमा उनले ६२ अन्तराष्ट्रिय गोल गरेका छन् ।
मुनिएले सन् २०१८को फिफा बिश्व कपमा इंगल्याण्डसंग तेस्री स्थानका लागि खेलेका थिए । त्यसखेलमा मुनिएले एक गोल गरेका थिए । रुसबिरुद्धको खेलमा उनले ८ औं अन्तराष्ट्रिय गोल गरेका हुन् ।
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय