हिमाल दैनिक
कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा पनि जारी छ । पछिल्लो पटक उपत्यकामा थप गरिएको निषेधाज्ञा जेष्ठ ३१ गतेसम्म कायम रहने छ । त्यसपछि भने पुन एक साताका लागि खुकुलो पार्दै निषेधाज्ञा थप गर्ने तयारी प्रशासनको छ । निषेधाज्ञाका क्रममा उपत्यकामा सवारी साधानको अत्याधिक चाप देखिएको छ । काठमाडौंको बिभिन्न चोकमा सवारीको चाप बढेको हो । यद्धपी ट्राफिक महाशाखाले काठमाडौँ उपत्यका लगायत निषेधाज्ञा जारी भएका जिल्लाहरुमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भएको जनाएको छ । आइतबार बिहान निषेधाज्ञाको अबज्ञा गरी चलाइएका ६४२ ओटा सवारी साधनलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा ५०६ ओटा दुई पाङग्रे, ११० ओटा चारपाङ्ग्रे, ६ ओटा ट्याक्सी र २० ओटा ठुला सवारी साधन रहेका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update