हिमाल दैनिक
इंगल्याण्ड र क्रोएशिया बीच खेल जारी, पहिलो हाफ गोलरहित बराबरीमा(हाइलाइटस)
harry-kane-england-eurocup
युरोकपको तेस्रो दिनको पहिलो खेल इंगल्याण्ड र क्रोएशिया बीच खेल जारी छ । लण्डनको वेम्बली स्टेडियममा भएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ । खेलको पहिलो २० मिनेटमा इंगल्याण्ड टिम क्रोएशियन टिममाथि हाबी भएको थियो । पहिलो हाफमा इंगल्याण्डको ५८ प्रतिशत र क्रोएशियाको ४२ प्रतिशत बल पोजेसन रहेको छ । इंगल्याण्डको टिमको ४ शर्ट अटैम्प्ट गरेको छ जसमा एउटा अन टार्गेट रहेको छ । त्यस्तै क्रोएशियाले भने २ शर्ट अटैम्प्ट गर्यो जसमा १ अन टार्गेट रहेको छ । हाफटाइम हुनु भन्दा ३ मिनेट पहिले क्रोएशियाका सेलेटा सारले इंगल्याण्डका रहीम स्टर्लिंगलाई फ़ाउल गरे बापत रेफ्रीले उनलाई पहेलो कार्ड दिए । जस पछि इंगल्याण्डले क्रोएशियाको बक्स भन्दा बाहिर बाट फ्रीकिक हान्ने अवसर पाएको थियो । उक्त फ्रीकिक ट्रिपियरले हानेका थिए तर उनको शर्ट इवान पेरिसिचले ब्लक गरे । खेलको पहिलो २० मिनेटमा इंगल्याण्ड टिम क्रोएशियन टिममाथि हाबी भएपनि पछि क्रोएशियाले पनि राम्रो प्रदर्शन गरेको थियो ।

पहिलो हाफको हाइलाइटस:

  • ६ मिनेट: फिल फोडेन को शर्ट गोल पोस्टमा लागेर बल बाहिर।
  • ९ मिनेट: इंगलिसल टिमलाई कर्नर। मेसन माउन्टले हानेको कर्नरमा फिलिप्सले गोल गर्न प्रयत्न। क्रोएशियन गोल्किप्पर लिविकोविचको राम्रो सेव।
  • १७ मिनेट: हैरी केन बल लिएर क्रोएशियाको बक्समा जना कोसिस। रेफ्री द्वारा अफ साइडको घो
  • २६ मिनेट: इंगल्याण्डका स्टर्लिंगको टार्गेट मिस। बल पोस्टको साइडबाट गयो।
  • २७ मिनेट: क्रोएशियाका पेरिसिचको टार्गेट मिस । व्राल्को क्रसमा शर्टको प्रयत्न। पेरिसिच असफल
  • ४१ मिनेट: क्रोएशियाका सेलेटा सारले स्टर्लिंगलाई फाउल। सेलेटा सारलाई पहेलो कार्ड।
  • ४३ मिनेट: इंगल्याण्डका ट्रिपियरको फ्रिकिक शर्टलाई पेरिसिचले ब्लक गरे ।
  • ४५ मिनेट: क्रोएशियाका पेरिसिचले इंगल्याण्डका मिंग्सलाई फाउल। इंगल्याण्डलाई फ्रीकिक।

इंगल्याण्ड
क्रोएशिया
फर्मेसन ४-२-३-१ ४-३-३
फरवार्ड हैरी केन, रहीम स्टर्लिंग, फिल फोडेन, मेसन माउंट आन्द्रेज क्रमैरिच, एनटी रेबिच, इवान पेरिसिच
मीड फ़िल्डर्स  केल्विन फिलिप्स, डेक्कन राइस लुका माड्रिच, मार्सेलो ब्रोजोविच, मातिया कोवैचिच
डिफ़ेण्डर्स काइल वाकर, जान स्टोन्स, टाइरोन मिंग्स, कीरन ट्रिपियर सिमे व्राल्को, डोमागोज विदा, सेलेटा सार, जोसको ग्वारदिओल
गोलकिप्पर जार्डन पिकफोर्ड डोमिनिक लिवाकोविच
म्यानेजर  गैरी साउथगेट ज्लातको दालिच
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update