युरोकपको तेस्रो दिनमा इंगल्याण्डले क्रोएशियालाई पराजित गरेको छ । आइतबार लण्डनको वेम्बली स्टेडियममा भएको खेलमा इंगलिस टिमले क्रोएशियालाई १-० को गोल अन्तरले पराजित गरेको हो । खेलको ५७ औं मिनेटमा फिलिप्सको असिस्टमा रहीम स्टर्लिंगले शानदार गोल गरेका थिए । युरोकपको इतिहासमा इंगल्याण्डले ओपनिङ्ग खेल जितेको यो पहिलो पटक हो ।
दोश्रो हाफ हाइलाइटस
- ४७ मिनेट: इंगल्याण्डका फिलिप्सले क्रोएशियाको क्रमैरिचलाई फाउल गरे । क्रोएशियन टिमलाई फ्री-किक।
- ४८ मिनेट: क्रोएशियाका कोवैचिचले इंगल्याण्डका मेसन माउन्टलाई फाउल गरे । कोवैचिचलाई पहेलो कार्ड।
- ५३ मिनेट: फिलिप्सले क्रोएशियाका माड्रिचलाई फाउल गरे । क्रोएशियन टीमलाई फ्री-किक ।
- ५५ मिनेट: माड्रिचद्वारा फ्री-किक शर्ट अटैम्प्ट । इंगलिस गोलकिप्पर पिकफोर्डद्वारा शानदार सेव ।
- ५७ मिनेट: फिलिप्सको असिस्टमा स्टर्लिंगको शानदार गोल।
- ६० मिनेट : क्रोएशियाका ब्रोजोविचले हैरी केनलाई फाउल गरे । इंगलिस टिमलाई फ्री-किक।
- ६१ मिनेट: फ्री-किकमा हैरी केनले हाने शर्ट। टारगेट मिस ।
- ६४ मिनेट: इंगल्याण्डका फिल फोडेनले क्रोएशियाको ग्वारदिओललाई फाउल गरे । रेफ्री द्वारा पहेलो कार्ड।
- ६५ मिनेट: क्रोएशियाका रेबिचको टारगेट मिस ।
- ६६ मिनेट: क्रोएशियाका ब्रोजोविचद्वारा मेसन माउन्टमाथि फाउल। रेफ्रीद्वारा पहेलो कार्ड।
- ६७ मिनेट: इंगल्याण्डका माउन्ट द्वारा टारगेट मिस ।
- ७० मिनेट: क्रोएशियाका ब्रोजोविचद्वारा टारगेट मिस।
खेलको पहिलो हाफ गोल रहित बारबरी
खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ । खेलको पहिलो २० मिनेटमा इंगल्याण्ड टिम क्रोएशियन टिममाथि हाबी भएको थियो । पहिलो हाफमा इंगल्याण्डको ५८ प्रतिशत र क्रोएशियाको ४२ प्रतिशत बल पोजेसन रहेको छ । इंगल्याण्डको टिमको ४ शर्ट अटैम्प्ट गरेको छ जसमा एउटा अन टार्गेट रहेको छ । त्यस्तै क्रोएशियाले भने २ शर्ट अटैम्प्ट गर्यो जसमा १ अन टार्गेट रहेको छ । हाफटाइम हुनु भन्दा ३ मिनेट पहिले क्रोएशियाका सेलेटा सारले इंगल्याण्डका रहीम स्टर्लिंगलाई फ़ाउल गरे बापत रेफ्रीले उनलाई पहेलो कार्ड दिए । जस पछि इंगल्याण्डले क्रोएशियाको बक्स भन्दा बाहिर बाट फ्रीकिक हान्ने अवसर पाएको थियो । उक्त फ्रीकिक ट्रिपियरले हानेका थिए तर उनको शर्ट इवान पेरिसिचले ब्लक गरे । खेलको पहिलो २० मिनेटमा इंगल्याण्ड टिम क्रोएशियन टिममाथि हाबी भएपनि पछि क्रोएशियाले पनि राम्रो प्रदर्शन गरेको थियो ।पहिलो हाफको हाइलाइटस:
- ६ मिनेट: फिल फोडेन को शर्ट गोल पोस्टमा लागेर बल बाहिर।
- ९ मिनेट: इंगलिसल टिमलाई कर्नर। मेसन माउन्टले हानेको कर्नरमा फिलिप्सले गोल गर्न प्रयत्न। क्रोएशियन गोल्किप्पर लिविकोविचको राम्रो सेव।
- १७ मिनेट: हैरी केन बल लिएर क्रोएशियाको बक्समा जना कोसिस। रेफ्री द्वारा अफ साइडको घो
- २६ मिनेट: इंगल्याण्डका स्टर्लिंगको टार्गेट मिस। बल पोस्टको साइडबाट गयो।
- २७ मिनेट: क्रोएशियाका पेरिसिचको टार्गेट मिस । व्राल्को क्रसमा शर्टको प्रयत्न। पेरिसिच असफल
- ४१ मिनेट: क्रोएशियाका सेलेटा सारले स्टर्लिंगलाई फाउल। सेलेटा सारलाई पहेलो कार्ड।
- ४३ मिनेट: इंगल्याण्डका ट्रिपियरको फ्रिकिक शर्टलाई पेरिसिचले ब्लक गरे ।
- ४५ मिनेट: क्रोएशियाका पेरिसिचले इंगल्याण्डका मिंग्सलाई फाउल। इंगल्याण्डलाई फ्रीकिक।
इंगल्याण्ड |
क्रोएशिया |
|
फर्मेसन | ४-२-३-१ | ४-३-३ |
फरवार्ड | हैरी केन, रहीम स्टर्लिंग, फिल फोडेन, मेसन माउंट | आन्द्रेज क्रमैरिच, एनटी रेबिच, इवान पेरिसिच |
मीड फ़िल्डर्स | केल्विन फिलिप्स, डेक्कन राइस | लुका माड्रिच, मार्सेलो ब्रोजोविच, मातिया कोवैचिच |
डिफ़ेण्डर्स | काइल वाकर, जान स्टोन्स, टाइरोन मिंग्स, कीरन ट्रिपियर | सिमे व्राल्को, डोमागोज विदा, सेलेटा सार, जोसको ग्वारदिओल |
गोलकिप्पर | जार्डन पिकफोर्ड | डोमिनिक लिवाकोविच |
म्यानेजर | गैरी साउथगेट | ज्लातको दालिच |
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय