हिमाल दैनिक
नेदरल्याण्ड र युक्रेनबीच खेल: २७ मिनेटमा ५ गोल, युक्रेन पराजित
netherland
नेदरल्याण्डले युरोकप २०२० मा विजयी सुरुवात गरेको छ । आइतबार सुमुह 'सी'को खेलमा नेदरल्याण्डले युक्रेनलाई ३-२ को गोल अन्तरले पराजित गरेको हो । एम्सटरडैम रंगशालामा भएको खेलमा पहिलो हाफमा नेदरल्याण्ड युक्रेन माथि हाबी रहेको थियो । डच टिमका स्टार खेलाडी मेंफिस डीपेले दोश्रो मिनेटबाट युक्रेनमाथि काउण्टर अट्याक सुरु गरेका थिए । पहिलो हाफ गोल रहित बारबरीमा खेलेको यी दुई टिमले दोश्रो हाफमा पाँच गोल भएको थियो । नेदरल्याण्डका लागि ५२ औं मिनेटमा जॉर्जिनियो विजनाल्डम र ५९ औं मिनेटमा वेगहोर्स्टले गोल गर्दै टिमलाई दुई गोलको अग्रता दिलाए । खेलको ७५ औं मिनेटमा युक्रेनका यारमोलेंकोले गोल गर्दै खेलमा कमब्याक गरेको थियो। त्यस्तै, खेलको ७९ औं मिनेटमा यारेमचुकले दोश्रो गोल गर्दै खेललाई २-२ को बारबरीमा पुराए । खेलको ८५ औं मिनेटमा नेदरल्याण्डका डमफ्रीजले थप एक गोल गर्दै खेललाई ३-२ मा पुराए । उनको त्यो गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो। त्यस्तै हिजो समूह सीको अर्को खेलमा ऑस्ट्रियाले नर्थ मेसिडोनियालाई ३-१ ले पराजित गरेको थियो । ऑस्ट्रियाका तर्फबाट स्टीफन लेनर, माइकल ग्रेगोरिच र मार्को अर्नोतोविचले गोल गरेका थिए भने मेसिडोनियाका तर्फ बाट कप्तान गोरन पांडवले गोल गरेका थिए।
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update