कोपा अमेरिकाको आयोजक टिम ब्राजिलले विजयी शुरुवात गरेको छ ।
कोपा अमेरिकामा ब्राजिलले विजयी सुरुवाट गरेको छ । गए राति कोपा अमेरिकाको ओपनिङ्ग खेलमा आयोजक टिम ब्राजिलले भेनेजुएलालाई ३-० को फराकिलो जीत निकाल्दै विजयी सुरुवात गरेको हो । स्टाडियो नेसनल डी ब्रासिलियामा भएको खेलमा ब्राजिलका तर्फबाट मार्क्विन्होसले २३ औं मिनेटमा पहिलो गोल गर्दै खेललाई अग्रता दिलाए । खेलको २६ औं मिनेटमा रिचार्र्लिसनले गोल गरेपनि भिएआरले उक्त गोललाई मान्यता दिएन ।
पहिलो हाफमा एक गोलको अग्रता लिएको ब्राजिलले दोश्रो हाफमा थप दुई गोल गर्यो । खेलको ६४ औं मिनेटमा पेनाल्टीमार्फत नेयमारले थप एक गोल गरे र खेलको ८९ औं मिनेटमा बर्बोसाले एक गोल गर्दै खेललाई ३-० मा पुराए।
ब्राजिलका लागि नेयमारको यो ६७ औं अन्तराष्ट्रिय गोल हो । अब पेलेको कीर्तिमानभन्दा नेयमार केवल १० गोलले पछि रहेका छन् ।
९ पटकको कोपा अमेरिका विजेता यो जितसँगै समूह बीमा ३ अंक जोडेको छ ।
त्यस्तै गए राति नै समूह 'बी' को अर्को खेलमा कोलम्बियाले इक्वेटरलाई १-० ले पराजित गरेको थियो । खेलको ४२ औं मिनेटमा मिगेल बोयाको असिस्टमा एडविन कार्डोनाले गरेको गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो ।
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय