गण्डकी प्रदेशको नयाँ सरकारले आज नीति तथा कार्यक्रम पेस गर्दैछ। जेष्ठ २१ गते बनेको गठबन्धनको सरकारले समयमै नीति तथा कार्यक्रम र बजेट ल्याउन लागि परेको छ। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ (२) बमोजिम प्रदेश सरकारले असार १ गते बजेट ल्याउनैपर्ने बाध्यता रहेको छ । शनिबार बनेको नयाँ सरकारले सपथ लिएपछि सरकारका मन्त्रीहरु हिजो दिनभर नै नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहेका थिए।
बजेट आउनु केही दिन अघि मात्र सत्ता परिवर्तन भएपछि अहिले नयाँ सरकार कसरी बजेट ल्याउने भन्ने चटारोमा परेका छ । यसका लागि मुख्यमन्त्री पोख्रेलले निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसंग छलफल गरेका थिए । आज नीति तथा कार्यक्रम पेस गरेर असार १ गते बजेट जसरी पनि ल्याउने नै पर्ने प्रदेश सरकारलाई बाध्यता भएपछि यस्तो बेलामा अब गुरुङ नेतृत्वको सरकारल तयार पारेकै बजेट ल्याउने सम्भावना बढेर गएको छ ।
त्यस्तै सरकारले असार १ गते ल्याउन नसके आर्थिक कार्यविधि ऐनलाई परिमार्जन गरेर १५ गतेसम्म ल्याउन तयारी पनि गर्न सक्नेछ। यस अघि प्रदेश १ मा पनि ऐन परिमार्जन गरेर असार १५ मा बजेट ल्याएको थियो । यस पटकको बजेट मुख्यमन्त्री पोख्रेलले नै प्रस्तुत गर्नेछन्।
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्