नेकपा एमालेका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई अस्पताल भर्ना गरिएको छ ।
नेता खनाललाई ज्वरो आएपछि आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । उनको रगतमा हेमोग्लोबिनको मात्रा कम भएको बताइएको छ। उनको सचिवालयका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । डाक्टरहरुको सलाह बमोजिम खनाललाई केहि दिन अस्पतालमै राखिने छ।
यसअघि खनालमा कोरोना पुष्टि भएको थियो । उनको नर्भिकमै उपचार गरि कोरोनामुक्त भएपछि घर फर्किएका थिए ।
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय