हिमाल दैनिक
गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद खारेज भएको छ। सर्वाच्च अदालतले गण्डकी प्रदेश सभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने निर्णयलाई सदर गरेको हो । आज न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई पार्टीले उनलाई कानुन बमोजिमनै कारबाही गरेको ठहर गरेको छ । यसअघि पनि थापालाई निलम्बित गरिएको थियो । पृथ्वीसुब्बा गुरुङले बिश्वासको मत माग्दा पार्टीले बिपक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो। थापाले  ह्विप उल्लङ्घन गरेपछि पार्टीले उनलाई कारबाही गरिएको थियो । त्यसबेला सर्बाेच्च अदालतले थापालाई सांसद पदमा पुनरवहाली गर्न अन्तरिम आदेश दिएकाे थियाे । तर, दोश्रो पटक पनि उनले पार्टीको ह्विपलाई बेवास्था गरि तटस्थ बसेपछि पार्टीले पुन: उनलाई कारबाही गरेको थियो ।
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update