हिमाल दैनिक
गण्डकी प्रदेशमा आज थप ३४३ जनामा कोरोना पुष्टि भएको छ । पोखरा स्थित स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ११७३ जनामा परीक्षण गर्दा ३४३ मा कोरोना पुष्टि भएको हो । आज संक्रमण सबैभन्दै बढी बागलुङ जिल्लामा देखिएको छ । निर्देशनालयका अनुसार कास्कीमा ५८, नवलपुरमा ५१, पर्वतमा ३८ लम्जुङ्गमा ३५, गोरखामा ३०, म्याग्दीमा ५, तनहुँमा ५ र स्याङ्जामा १ जनामा संक्रमण देखिएको हो । त्यस्तै आज थप १२ जनाको मृत्यु भएको छ । नवलपुरका ३, मुस्ताङका २, पर्वतका २ र लमजुङका २, तनहुँका १ र कास्कीका १ जना संक्रमितको मृयु भएको निर्देशनालयले जानेको छ। त्यस्तै अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ३३६ रहेको छ। यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५० हजार ६४७ पुगेको छ भने अहिले सम्म ८५० जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update